आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

पोर्नस्टार सन्नीलाई धर्म छोरीले दिइन खुसी

दैनिक नेपाल २०७४ असोज २६ गते ९:३०

मुम्बई । पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनीले धर्मपुत्रीसँग आफ्नो दैनिक रमाइलोसँग बिताइरहेको बताएकी छिन् । भारतको लातूरकी एक बालिकालाई धर्मपुत्रीको रुपमा उनले स्वीकारेकी हुन् ।

उनी छोरीलाई संसार देखाउन र धेरैभन्दा धेरै कुरा सिकाउन आतुर भएको बताएकी छिन् । उनले गत जुलाईमा निशा कौर वेबरलाई छोरीको रुपमा स्वीकारेकी थिइन् ।

सन्नीले भनिन्, ‘मेरो पूरा जीवन राम्रोका लागि परिवर्तन भएको छ । म उनीसँगको हरेक सेकेन्डको आनन्द उठाइरहेकी छु । म योभन्दा बढी अरु केही माग्न सक्दिन । हामी वास्तविक रुपमै भाग्यमानी छौं । मलाई आमा बनेकोमा निकै आनन्द आइरहेको छ ।’

उनी भन्छिन्, ‘यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो र उनलाई घुमाउन र धेरैभन्दा धेरै कुरा सिकाउनका लागि अब प्रतिक्षा गर्न सक्दिन ।’

‘रईस’ र ‘भूमि’ जस्ता फिल्ममा नाचेकी सन्नीले भनिन्, ‘मलाई लाग्दैन कि कुनै एक कुरा लामो समयसम्म टिक्न सक्छ । त्यसकारण म विश्वमा जहाँ छु, त्यहाँ सधैं खुसी रहन्छु ।’

फ्रेगरेन्स र कस्मेटिक उत्पादनकी व्यवसायी र आफ्नै प्रोडक्शन हाउस सम्हाल्ने पूर्व एडल्ट फिल्म स्टार सन्नीले भनिन्, ‘मैले आफ्नो व्यवसायलाई १८ वर्षदेखि सम्हाल्दै आइरहेकी छु र मलाई आफ्नो व्यवसायप्रति निकै प्रेम छ । मेरो सबैभन्दा ठूलो प्यासन आफ्नै एउटा व्यवसाय होस् भन्ने थियो । म निकै सोचेर नै केही कदम उठाउने गर्दछु । मेरो एउटा मात्र निश्चित योजना यो हुन्छ कि म सधैं अगाडि बढिरहुँ र खतरा मोलिरहुँ ।’ – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित