मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

काठमाडौं शंखमुलका कँडेलले अमेरिकामा आत्महत्या गरे

दैनिक नेपाल २०७४ असोज २६ गते ७:२३

अमेरिका । अमेरिकाको बाल्टिमोरमा २३ वर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलको मृत्यु भएको छ ।

१५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको आफन्तले जनाएका छन् । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।

प्रसिद्ध कँडेल जेठा छोरा हुन् । उनी १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए ।

८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए ।

प्रतिक्रिया
सम्बन्धित