मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

गौचनको अन्त्यष्टि विहिवार गरिने, आन्दोलनको कार्यक्रम सारियो

दैनिक नेपाल २०७४ असोज २५ गते २१:३९

काठमाडौं, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्तेष्टि भोेलि गरिने भएको छ । गौचनको अन्तेष्टि गरिने भएकाले महासंघले भोलिका लागि तय गरेको आन्दोलनको कार्यक्रम पर्सि गर्ने भएको छ । महासंघ केन्द्रीय कार्य समितिको बुधवार साँझ बसेको आकस्मिक बैठकले यो निर्णय गरेको हो । निर्णय अनुसार श्रद्धाञ्जलिका लागि गौचनको शव भोलि महासंघको कार्यालय अनामनगरमा राखिने भएको छ ।

यसअघि महासंघ मुख्यालयमा बुधवारै आयोजना गरिएको पत्रकार सम्मेलनमा वक्ताहरुले राजधानीमा दिनदहाडै एक स्थापित निर्माण व्यवसायी तथा महासंघका अध्यक्षको गोली हानी हत्या भएको घटना पाशविक, निन्दनीय तथा आततायी भएको भन्दै त्यस्को कडा शब्दमा भत्सर्ना गरे । अध्यक्ष गौचनको हत्याले नेपालको समग्र निर्माण जगतमा अपूरणीय क्षति पुगेको उनीहरुले बताएका छन् ।

साथै यस घटनाले राजधानीको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने प्रमाणित गरेको उनीहरुले बताए । अन्य निर्मााण व्यवसायीहरुलाई पनि निरन्तर नम्बर नदेखिने फोनहरु मार्फत् धम्की आइरहेको घटनालाई पनि महासंघले गम्भीर रुपमा लिएको पत्रकार महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । महासंघले देशभरका निर्माण व्यवसायीहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन पनि अपील गरेको छ । पत्रकार सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठ, जारी आन्दोलन मूल संघर्ष समितिका संयोजक सुकुन्तलाल हिराचन, महासंघका निवर्तमान अध्यक्ष जयराम लामछिाने, प्रवक्ता विष्णु बुढाथोकी, स्वर्गिय गौचनका आफन्तजन लगायतले गौचनका हत्यारालाई तत्काल पक्राउ गर्न माग गर्नु भएको थियो । महासंघ पदाधिकारीहरुले आजै गृहमन्त्री जनार्दन शर्मालाई भेटी गौचनका हत्यारालाई पक्राउ गर्न सरकारले गरिरहेको काम कार्वाही बारे जानकारी लिनुभयो ।

महासंघको पूर्व घोेषित आन्दोलन अन्र्तगत आज विहान ९ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वर सम्म विरोध ¥याली निकालियो । वानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महासंघका कार्यावाहक अध्यक्ष विष्णुभाई श्रेष्ठ र सल्लाहकार तथा जारी आन्दोलन मूल संघर्ष समितिका संयोजक सुकुन्तलाल हिराचनले गौचन हत्याकाण्डमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्र्वाही गर्न माग गर्नुभयो । देशभरका निर्माण व्यवसायीहरालाई सुरक्षाकाको पूर्ण प्रत्याभूति दिलाउन समेत उहाँहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । आजै करीब ५० जिल्लाका मुख्य शहरमा एक घण्टा चक्का जाम गरिएको छ ।

आन्दोलनकै कार्यक्रम अन्र्तगत पर्सि (असोज २७) उपत्यकाको माइतीघर मण्डला, कोटेश्वर र कुपण्डोलमा विहान ९ बजेदेखि १० बजे सम्म चक्का जाम गरिने व्योहरा जानकारी गराउन चाहन्छौं । त्यस्तै असोज २८ मा देशभरि प्रत्येक राजमार्गमा विहान १० बजेदेखि ११ बजे सम्म चक्का जाम गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित