आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

बर्दियामा ३० हजार घुससहित वनरक्षक रंगेहात पक्राउ

दैनिक नेपाल २०७४ असोज २५ गते २१:३३

– सुदीप अधिकारी

बर्दिया, २५ असोज । सेवाग्राहीबाट ३० हजार रुपैँया घुस लिँदै गर्दा वन रक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरको टालीले बुधबार इलाका वन कार्यालय राजापुरमा कार्यरत वन रक्षक सिताराम थारु ३० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीबाट काठ निकासी छुट पूर्जीको म्याद थप गरिदिने भन्दै घुस लिँदै गर्दा अख्तियारको टोली वनरक्षक थारुलाई कार्यालयबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरले जनाएको छ । वन रक्षक थारुले घुसस्वरुप रकम माग गरेको सूचना तथा उजुरीको आधारमा छापा मार्दा वन रक्षक घुस रकमसहित पक्राउ प्रहरी उपरिक्षक ईश्वर कार्कीले जनाए ।

थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित