मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थी एकताः ओली

दैनिक नेपाल २०७४ असोज २५ गते २१:२०

काठमाडौँ, २५ असोज (रासस) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताउनुभएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताउँदै देशलाई स्वाधीन र समृद्ध बनाउन विदेशमा रहेका नेपालीको साथ पनि आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले आफ्नो पार्टी हिन्दमहासागर जस्तो भएको दाबी गर्दै भन्नुभयो, “सागरमा धमिलो पानी पनि हुन सक्छ, महासागरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउँछ ।”

भेटमा सहभागी एमालेका नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशी अतालिएको बताउनुभयो । “वाम गठबन्धन देशभित्र भएकाको मात्र हो”– नेपालले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित