मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

आईएमईका सेवाग्राही थानेश्वर न्यौपानेलाई १० लाख नगद उपहार

दैनिक नेपाल २०७४ असोज २५ गते १८:१९

काठमाडौं, २५ असोज । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही थानेश्वर न्यौपानेले प्राप्त गर्नुभएको छ ।

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउनुभएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित हुनुभएको हो । काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरी लगायत आइएमईका उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।

त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गर्नुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा युएईस्थित अल–अहलियाबाट नेपालमा पैसा पठाउनु हुने गौतम भाग्यशाली विजेता छनोट हुनुभएको हो । भाग्यशाली विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको ६ लाख बराबरको जीवन बीमा प्राप्त गर्नुहुनेछ।

यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’बाट करिव २ हजार ७ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसक्नु भएको छ । मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालन हुनेयस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छन्।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८००सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुः खगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित