आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

राप्रपा नेता देसार एमाले प्रवेश, सुवास नेम्वाङदेखि नवराज सिलवालसम्मले स्वागत गरे

ललितपुरलाई एमालेको किल्ला बनाउने उदघोष

दैनिक नेपाल २०७४ असोज २५ गते १७:४७

ललितपुर, २५ असोज । ललितपुर क्षेत्र नं १ का स्थापित राप्रपा नेता तथा जिविस ललितपुरका पूर्व उपसभापति कृष्णबहादुर देसार सैंयौं नेता कार्यकर्तासहित नेकपा एमाले प्रवेश गरेका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच एमाले स्थायी कमिटि सदस्य तथा पूर्व सभामुख सुवास नेम्वांगले प्रवेश गराएका हुन् । एमाले प्रवेश गर्दै देसारले ललितपुरमा आफ्नो सम्पूर्ण खालको शक्ति लगाएर लालकिल्ला पुनस्र्थापना गर्नेमा जोड दिएका छन् ।

नेता देसारले ललितपुरमा आफ्नो शक्ति विगतका चुनावमा पनि प्रभावशाली रहेको स्मरण गर्दै देशको विकास र स्वाभीमानको रक्षा र राष्ट्रियताका लागि एमालेको विचार नै अहिले मुलुकको नेतृत्वदायी विचार भएको बताउनुभएको छ ।

देसार सहितका नेता कार्यकर्तालाई नेम्वांग सहित एमाले नेताहरु सुशिला नेपाल, हरिकृष्ण व्यञ्जनकार, मधुसूदन पौडेल, मिठाराम शर्मा, बाबुकाजी प्रधान, नवराज सिलवाल लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित