मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

बाबुरामलाई गृहजिल्लामै अप्ठेरो, माओवादीले नस्वीकारेपछि तनाव

दैनिक नेपाल २०७४ असोज २५ गते १६:०७

काठमाडौं, २५ असोज । नेकपा माओवादी केन्द्रले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई गोरखाबाट उम्मेदवार बन्न नदिने भएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम एकतापछि बाबुरामले एमालेको सूर्य चिन्ह लिएर गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका बेला सीट बाँडफाँटको कार्यदल बैठकमा माओवादी केन्द्रले गोरखाबाट उम्मेदवार बन्न नदिने अडान सुनाएको हो ।

माओवादी नेताले यसको विकल्पमा बाबुरामलाई काठमाडौंबाट उम्मेदवार बन्ने बाटो बाटो समेत देखाएका छन् । गोरखा क्षेत्र नम्बर २ मा माओवादीले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार रुपमा अघि सारेको छ ।

स्रोतका अनुसार बाबुराम एमालेको चुनाव चिन्ह लिएर चुनावमा होमिदा भविष्यमा गोरखामा आफूलाई राजनीति गर्न प्रतिकुल परिस्थिती सिर्जना हुनसक्ने आकलन माओवादी केन्द्रको रहेको छ ।

बाबुरामले भेटे केपी ओली

गोरखामा उम्मेदवार बन्न माओवादी केन्द्र बाधक बनेपछि बाबुरामले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी छलफल गरेका छन् । मंगलबार विहान भएको भेटमा गोरखा नजाउ भन्ने माओवादी सुझाव, उम्मेदवारी र समानुपातिक सूची लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित