आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

हनिप्रीतले ‘विश्वको नक्शाबाट भारत मेटाइदिन्छौं’ भनेपछि…

दैनिक नेपाल २०७४ असोज २५ गते १३:१९

एजेन्सी । राम रहीमकी धर्मपुत्री हनीप्रीतले ‘विश्वको नक्शाबाछ भारत मेटाइदिन्छौं’ भन्ने अभिव्यक्ति दिएको भिडियो भाइरल बनाएको अनुसन्धानमा खुलेको छ ।

बाबा राहरहित पक्राउ पर्दा दंगा मच्चाएको अभियोगमा ६ दिनदेखि प्रहरी हिरासतमा रहेकी हनीप्रीतले देशविरोधी भिडियो बनाएर भाइरल बनाएको खुलेको हो ।

अनुसन्धानमा खटिएको एसआईटीले भन्यो, ‘हनीप्रीतले नै देशविरोधी भिडियो बनाएर भाइरल बनाएकी थिइन् । बाबालाई सजाय भयो भने भारतलाई विश्वको नक्शाबाट मेटाइदिन्छौं भन्ने नारा लागेको थियो ।’

भाइरल भएको भिडियोको प्रमाण हनीप्रीतको मोबाइलमा भएको र अहिले मोबाइल सुखदीपको नातेदारको घरमा रहेको एसआईटीले बतायो ।

हाल हिरासतमा रहेकी हनीप्रीतले प्रहरी जाँचमा अझै सहयोग गरेकी छैन् ।

प्रतिक्रिया
सम्बन्धित