बुधबार, १ कार्तिक २०७४
DainikNepal.com
बुधबार, १ कार्तिक २०७४

न्युजिल्याण्डमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

दैनिक नेपाल २०७४ असोज २५ गते ७:४९

काठमाडौं, २५ असोज । न्युजिल्यान्डमा सन्चालन भैरहेको ८अौँ एशियन सिनियर बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडी सुजेन्द्र प्रसाद श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

मंगलबार सम्पन्न भएको देश्रो र तेश्रो चरणको खेलमा नेपालका फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठले क्रमशः अष्ट्रेलियाका केन स्ट्राक र न्यजिल्याण्डका एफएम २१९६ रेटेड मिचेल स्टेडम्यानमाथि सानदार जित दर्ता गरी २ अंक प्राप्त गरेका छन् ।

नेपालका १९७४ रेटेड खेलाडी रविन्द्र शाक्यले फिलिपिन्सका २०८२ रेटेड स्फान बागमास्बादसंग दोस्रो चरणको खेलमा बराबरी गरि १.५ अंक बनाएका छन् ।

उनी तेस्रो चरणको खेलमा न्युजिल्यान्डका २२२३ रेटेड खेलाडी रोबोर्ट स्मिथसंग प्रतिस्पर्धामक खेलमा पराजित भएका थिए ।

नेपालका अनरेटेड खेलाडी राजभाई शाक्यले आफ्नो दोश्रो अन्तर्राष्ट्रिय खेलमै आफ्नो पपुवान्युगिनिका १९३५ रेटेड अन्तर्राष्ट्रिय खेलाडीसंग मजाले वरावरी गरी १.५ अंक प्राप्त गरेका छन् ।

बुधबार चौथौ चरणको खेलमा सुजेन्द्रले न्युजिल्यान्डका मिलगेन हेलेन , पपुनिगुवानियाका प्रेस प्रसानसंग र राजभाईले फिलिपिन्सका स्फान बागमास्बादसंग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित