आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

वुमन इन कन्सर्ट युएस यात्रा सिनसिनाटी र सेन्ट लुइसमा सम्पन्न

दैनिक नेपाल २०७४ असोज २५ गते ७:४५

– विजय थापा

अमेरिका । वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम सिनसिनाटीमा अक्टोबर ७ र सेन्ट लुइसमा अक्टोबर ८ तारिखमा सम्पन्न भएको छ ।

दुई वटा शहरमा कार्यक्रम प्रस्तुत गरेपछि अभया एण्ड द स्टीम ईन्जनस् ब्याण्ड, गायिका आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी उत्साहित भएका छन् ।

अमेरिकाका विभिन्न ९ वटा शहर हुने प्रस्तुतिमा दुई वटा शहरमा कार्यक्रम सम्पन्न भएकोले अब एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर, ड्यालस, ओकलाहामा सहित ७ वटा शहरहरुमा प्रस्तुति रहनेछ ।

सेन्ट लुइस मा भएको वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा बिबिध क्षेत्रमा बिशेष काम गर्ने र योगदान गर्ने ७ जना महिलाहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा लिवा खतिवडा, उर्मिला पन्थी, प्रमिला तिवारी, बिज्ञा खड्का, डा पूजा गुरुङ, रेखा शर्मा तथा बन्शिखा खड्का रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित