मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

स्वीजरल्याण्डको अल्ट्रा म्याराथन कम्पिटिसनमा ५० देशलाई हराउँदै नेपाली सेना पहिलो

दैनिक नेपाल २०७४ असोज २३ गते १६:२६

काठमाडौं, २३ असोज । स्वीजरल्याण्डमा आयोजित अल्ट्रा म्याराथन कम्पिटिसनमा नेपाली सेना पहिलो भएको छ ।

स्वीजरल्याण्डको कर्नस्मा भदौ २ देखि सञ्चालन भएको ६४ किमी महिला अल्ट्रा म्याराथन रनिङ कम्पिटिसनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी त्रिभुवन आर्मी क्लवकी सिपाही रोजिना भण्डारीले ९ घण्टा २ मिनेटमा उक्त दुरी पुरा गरी प्रथम स्थान हाँसिल गर्न सफल भएकी सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त अल्ट्रा म्याराथन रनिङ कम्पिटिसनमा विभिन्न देशबाट २५ जना अल्ट्रा म्याराथन धावकहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी सोही स्थानमा भएको ५५ कि.मि. महिला टिम ट्रियुबलस्टक अल्ट्रा म्याराथन कम्पिटिसनमा त्रिभुवन आर्मी क्लवकी सिपाही रोजिना भण्डारी र नेपालबाटै सहभागी भएकी पुन लक्ष्मी न्यौपानेको टिमले उक्त दुरी ९ घण्टा १७ मिनेटमा पार गर्दै प्रथम स्थान हाँसिल गरेका थिए । उक्त प्रतियोगितामा विभिन्न देशका ५० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित