आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

अमेरिका नेपाल सोसाइटीको अध्यक्ष प्रभा बिजयी

दैनिक नेपाल २०७४ असोज २३ गते ८:३८

– विजय थापा

अमेरिका । उत्तर अमेरिका कै नेपाली समुदायको सबैभन्दा जेठे संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी भएकी छिन् ।

उनले ६ सय ३९ मत प्राप्त गरि बिजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रेम पौडेलले ५ सय १५ मत प्राप्त गरी उपबिजेता बनेका छन् ।

प्रारम्भिक चरणमा अध्यक्षका प्रत्यासीमा प्रा. बिष्णु घिमिरे रहेता पनि अन्तिम समयमा उनले प्रेम पौडेललाई समर्थन जनाउदै प्रथम उपाध्यक्ष पदमा उनकै गुटबाट उम्मेदवारी दिएका थिए ।

प्रथम उपाध्यक्षमा प्रा बिष्णु घिमिरे, द्वितीय उपाध्यक्षमा कृष्ण अधिकारी, महासचिबमा सुदीप पोख्रेल निर्वाचित भएका छन् । सचिबमा अन्जना बुढाथोकी सापकोटा, कोषाध्यक्षमा शुभ शाक्य निर्वाचित भएकी छन् । संचार संयोजकमा निलु उप्रेती निर्बिरोध बिजयी भएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित