मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

वन पर्यावरण संरक्षण गर्न कृष्णपुरमा १० औँ भेट्रान रनिङ्ग कप शुरु

दैनिक नेपाल २०७४ असोज २२ गते २०:३४

कञ्चनपुर, २२ असोज । वन, पर्यावरण संरक्षण गर्ने उदेश्यका साथ कञ्चनपुरको कृष्णपुरमा १० औँ भेट्रान रनिङ्ग कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

‘वन वातावरण स्वच्छता खेलकुद नागरिकको स्वछता’ भन्ने मुल नाराका साथ एकता प्रगति सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा आइतबारदेखि कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा १० औँ भेट्रान रनिङ्ग कप फुटबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण बहादुर हमालले उद्घाटन गर्नुभयो ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख हमालले प्रतियोगिताबाट कृष्णपुर क्षेत्रको खेलकुदको विकास हुने आशा व्यक्त गर्दै समग्र नगरको खेलकुद विकासका लागि नगरपालिका तयार रहेको समेत प्रतिबद्धता जाहेर गरे ।

प्रतियोगितामा सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीले खेलकुदका माध्यमबाट वन, पर्यावरण एव प्रकृति संरक्षणका लागि आयोजना गरिएको बताए । उनका अनुसार सामुदायिक वन समन्वय समिति भित्रका सामुदायिक वनबाट मात्रै सहभागिता रहेको छ ।

एकता प्रगति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धनशेर बहादुर सिहले ग्रामीण क्षेत्रको खेलकुद विकासका साथै पर्यावरण संरक्षणका लागि हरेक बर्ष प्रतियोगिता आयोजना गरिएको बताए ।

जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका उपाध्यक्ष ज्ञानेन्द्र सिहले प्रतियोगिताले खेलकुद क्षेत्रको विकास हुने आशा व्यक्त गरे । गाँउमै सचेतनामुलक प्रतियोगिता हुने लागेपछि स्थानीय समेत हर्षित भएका छन् ।

उद्घाटन प्रतियोगिमा नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश प्रचार प्रसार विभाग प्रमुख ओम बिक्रम भाट, कृष्णपुरका काँग्रेस युवा नेता झंकर खडका, कराँते प्रशिक्षक विमल खडायत लगायत समाजसेवी खेलकुदप्रेमी, लगायतको सहभागिता रहेको थियो ।

खेलकुद संयोजक महेन्द्र रोकायाले प्रतियोगितामा १२ टिमको सहभागिता रहेको बताए । विगत १० बर्षदेखि नियमित हुँदै आएको प्रतियोगिता यस बर्ष एकता प्रगति सामुदायिक वन उपभोक्ता समितिले आयोजकत्व पाएको बताए । उनका अनुसार प्रथम हुने टिमलाई सिल्ड सहित दुई हजार ५सय बोका, दोस्रो टिमलाई एक हजार ५ सय नगद सहित बोका पुरस्कार दिईने छ ।

प्रतियोगितामा युवा÷भेट्रान टिमको सहभागिता हुने छ । प्रतियोगिता अवधिभर संरक्षणको सन्देश दिईने छ । खेलकुद संयोजक खडकाका अनुसार उद्घाटनकै दिन दुई खेल भएका छन् । पहिलो दिन एकता प्रगति र गडबिजला सामुदायिक वनले जित शुरुवात गरेका छन् । एकता प्रगति सामुदायिक वनले वनदेवि सामुदायिक वनलाई ० का बिरुद्ध ५ र गडबिजलाले बिरेन्द्र आर्दशलाई ० का बिरुद्ध २ ले पराजित गरेको छ । सोमबारदेखि थप खेल खेलाईनेछन् ।

पहिलो दिन एकता प्रगति र गडबिजला सामुदायिक वनले जित शुरुवात गरेका छन् । एकता प्रगति सामुदायिक वनले वनदेवि सामुदायिक वनलाई ० का बिरुद्ध ५ र गडबिजलाले बिरेन्द्र आर्दशलाई ० का बिरुद्ध २ ले पराजित गरेको छ । सोमबारदेखि थप खेल खेलाईनेछन् । प्रतियोगिता तिहार अवागै सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित