सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

अनिताले के गरिन् यस्तो ? त्यसपछि सूरजले उठाए यस्तो कदम

दैनिक नेपाल २०७४ असोज २१ गते ८:००

फाइल तस्बिर

गोरखपुर । पति काम गर्न घर बाहिर गएका थिए । पत्नी घरमै थिइन् । यसै क्रममा पति अचानक घर आइपुग्छन् ।

घरभित्र प्रवेश गर्दा आफ्नी पत्नीसँग छिमेकी युवकसँग नग्न अवस्थामा यौनसम्पर्क गर्दै गरेको देख्छन् । रिस उठ्छ । पतिले पत्नीको घाँटी दवाएर हत्या गर्छन् । युवक भने फरार हुन्छ । यो घटना यही बिहीबार बिहान नौ बजेको हो ।

यो घटना भारत उत्तर प्रदेशस्थित गोरखपुरको हो । स्थानीय काशीराम आवासमा एक पतिले परपुरुषसँग यौनकार्यमा लिप्त भएको देखेपछि रिस थाम्न नसकेर आफ्न िपत्नीलाई हत्या गरिदिएका हुन् ।

पेशाले रिक्शा चालक सूरज लालले ३० वर्षीया पत्नी अनिता देवीको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ । बिहीबार सूरजले अनिताको हत्या गरेका हुन् । सूरजकी छोरीले प्रहरीमा दिएको बयानअनुसार सूरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनितासँग यौनकार्यमा संलग्न छिमेकी युवक भने फरार छन् । प्रहरीले उनको खोजतलास सुरु गरेको छ ।

पत्नी अनिता छिमेकी युवकसँग यौनकार्यमा संलग्न रहेको भन्दै सूरज र अनिताबीच झगडा पर्दै आएको थियो । पत्नीसँग झगडा परेपछि रिक्सा चलाउन गएका सूरज बुधबार राति घर आएका थिएनन् । सूरज नआएको मौका छापेर अनिताले छिमेकी युवकलाई बोलाएर यौनसम्पर्क गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार बिहान नौ बजे सूरज घर आउँदा कोठाभित्र पत्नी अनिता र छिमेकी युवक नग्न अवस्थामा यौनकार्यमा संलग्न रहेको बताइएको छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित