मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

बाइबाइ मतिना, स्वागत तृष्णा

अर्जुन पाण्डे २०७४ असोज १३ गते १९:४१

– अर्जुन पाण्डे

२०११ सालमा ६ महिनासम्म पटक पटक प्रयास गर्दा पनि कुमारीले राजा त्रिभुवनलाई टीका लगाइदिन मानिनन् र त्यहीबर्ष राजा त्रिभुवनको मृत्यु भयो । २०२८ सालमा राजा महेन्द्रले कुमारी देवीको विधीसम्मत पूजा आराधना गरेनन् र सम्मान गरेनन् । त्यही बर्ष उनको देहान्त भयो ।

काठमाडौंको यस बर्षको दशैं यस मानेमा विशेष हुन गयो कि यसपाली विद्यमान कुमारी मतिना शाक्यलाई बिदा गरेर नयाँ कुमारीे तृष्णा शाक्यलाई बसन्तपुर कुमारीघर भित्र्याइयो । आफ्नो कार्यावधीको ९ बर्ष कुमारी बसेर १२ बर्षको उमेरमा मतिना शाक्य हिजै आफ्नो पुरानो घर फर्केकी हुन । विश्वमा एक मात्र जीवीत देवी living Goddess को प्रचलन हुने देशका हामी नेपालीलाई आगामी केही बर्ष नयाँ कुमारी देवीले आशिर्वाद दिनेछिन् । हामी सबैलाइ हर्षको सञ्चार हुनु स्वभाविकै हो ।

काठमाडौंमा कुमारी देवीको प्रचलन र कुमारी देवीको शक्तीबारे अनेकन किंबदन्तीहरु सुनिन्छन् । ति मध्ये केही घटना उल्लेखनीय छन् । कुमारी देवीको स्वास्थ र व्यवहार स्वभाविक हुनुले राजा र जनता सबैमा सहज समयको संकेत भनिन्थ्यो भने कुमारीको स्वास्थ र व्यवहार अस्वाभाविक हुन थाल्यो भने गद्धीसीन राजाको अवसान हुने, भुकम्प, रोग, प्रकोप आदि बिपत्तीहरु आउने संकेतका रुपमा लिने गरेको पाइन्छ ।

बि सं १८२५ मा पृथ्वीनारायण शाहले इन्द्र जात्राको दिन काठमाडौं जितेपछि हनुमान ढोकामा अवस्थित राजगद्धीमा बस्नु अगाडी कुमारी देवीको दर्शन गर्न गए । कुमारी देवीले मन्द मुस्कानका साथ उनलाइ टीका लगाइ दिइ शिरमा हात राखिदिइन् । कुमारीले आशिर्वाद दिएको खवर विजुलीसरी सहरमा फैलियो । तत्क्षण, काठमाडौंका जनताले पृथ्वीनारायण शाहलाई राजा स्वीकार गरे र हर्ष बढाइँ गरे ।

लेखक

२०११ सालमा ६ महिनासम्म पटक पटक प्रयास गर्दा पनि कुमारीले राजा त्रिभुवनलाई टीका लगाइदिन मानिनन् र त्यहीबर्ष राजा त्रिभुवनको मृत्यु भयो ।

२०२८ सालमा राजा महेन्द्रले कुमारी देवीको विधीसम्मत पूजा आराधना गरेनन् र सम्मान गरेनन् । त्यही बर्ष उनको देहान्त भयो ।

२०४६ सालमा कुमारीको शिरमा कपालको विधी सम्मत गाँठो बनाउन सकिएन । वाहिर शहरमा जनआन्दोलन चलिरह्यो कुमारीको कपालको गाँठो कसैले बनाउन सकेन । कपालको गाँठो बन्दै बनेन, तल भरिरह्यो । तत्कालिन राजा विरेन्द्रले संवैधानिक राजा भै बस्ने घोषणा गरेको दिन बेलुकी कुमारी को कपालको गाँठो सजिलै बन्यो ।

शक्तिरुपा कुमारी देवीः मेरो कोटी कोटी नमन ।

(लेखक बुढानिलकण्ठ निवासी हुन् ।)

प्रतिक्रिया
सम्बन्धित