आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

यी हुन् बिरामी छटपटाउँदा हेरेर बस्ने निर्दयी डाक्टरहरू

दैनिक नेपाल २०७४ असोज १० गते ६:३३

काठमाडौं, १० असोज । बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए ।

निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षीय छोरालाई नेपालगन्ज ल्गाएका थिए । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।

जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ सुनसा देखियो ।

अरुबेला बिरामीको भिडभाड देखिने अस्पताल सुनसान देखेपछि उनले बाहिर आएर सोधपुछ गर्दा डाक्टरहरु आन्दोलित भएको थाहा पाए ।
छोरालाई सन्चो नभएर ल्याएको त डाक्टर आन्दोलनमा पो रहेछन् ।

उनले भने बिरामी छोरा बोकेर राजाराम घर फर्किदै गर्दा आन्दोलनरत डाक्टरको एउटा समूह जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको थियो ।

उपचार गर्न खोजेर डाक्टरले आन्दोलन गर्न जायज कुरा होईन, बिरामीले एउटा गोली औषधी खाना नपाएर आकालमा ज्यान गुमाउनु नपरोस् मानव अधिकारको दृष्टिकोणले यस्तो गर्न मिल्दैन ।

प्रतिक्रिया
सम्बन्धित