बिहीबार, १० फागुन २०७४
DainikNepal.com
बिहीबार, १० फागुन २०७४

चार्डपर्वलाई भड्किलो नबाउन आग्रह

दैनिक नेपाल २०७४ असोज ८ गते २०:१२

भैरहवा, ८ असोज । चाडपर्वको नाममा हुने खर्चलाई कटौति गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

लुम्बिनीखबर सन्चारगृह प्रालिले आइतबार आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
विगत ७ वर्षदेखी भैरहवाबाट हरेक आइतबार र विहीबार प्रकाशित रंगिन कलेबरको लुम्बिनीखबर अर्धसाप्ताहिक प्रकाशन र अनलाइन संस्करण नियमित सन्चालन गर्दै आएको सन्चारगृहको कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला अदालत बार एशोसीयसन रुपन्देहीका पुर्व अध्यक्ष जगत बहादुर रायमाझीले चाडपर्वको नाममा हुने फजुल खर्च कानुनले मात्रै रोक्न नसकिने जनाउदैं त्यसकोलागी प्रायाप्त सचेतना जरुरी रहेको बताए । सन्चार गृहका कानुनी सल्लाहकार समेत रहेका रायमाझीले मिडीया मार्फत फजुल खर्चको नियन्त्रण अभियान जरुरी रहेको बताए ।

सोही कार्यक्रममा समाजशास्त्री एवं संस्थाका सल्लाहकार उमेशचन्द्र रिजालले भड्किलो खर्चले निम्नवर्गिय मानिसलाई समस्यामा पार्ने गरेको बताए । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक रिजालले दशैंलाई सामाजिक मान्यता अनुसार ठीक्क र मितव्ययी ढंगले मनाउनुपर्ने बताए ।

सोही अवसरमा सन्चार गृहका अध्यक्ष थानेश्वर पाण्डे (प्रकाश) ले चाडपर्वलाई संस्कारअनुसार मनाउनुपर्नेै तर भड्किलो गरी मनाउन नहुने बताए । अध्यक्ष पाण्डेले सन्चारमाध्ययमले चाडपर्वमा भड्किलो खर्चलाई निरुत्साहित हुने ढंगले समाचार प्रसारण गर्नुपर्ने बताए ।
कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन रुपन्देही अध्यक्ष लक्ष्मी शमाले दशैं जस्तो ठुलो चाड सबै वर्गको चाड हुनुपर्नेमा जोड दिदैं पूजिपति वर्गले भड्किलो गरी मनाउदा निम्न स्तरीय जनतालाई पीडाबोध हुनेगरेको बताइन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिती सदस्य प्रीतम रौनियारले आर्थिक मन्दीका कारण यसपटकको चाड त्यति मनोरन्जनात्मक नभएतापनि संस्कार अनुसार सबैले मान्नुपर्नेै बताए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका सहसचिव कमल रायमाझीले चाडपर्वले राष्ट्रिय एकतामा बल दिने हुने सबै मिलेर रमाइलो गरी पर्व मनाउनु पर्ने बताए । लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सीले चाडपर्वको बेला बजारमा कालोबजारी मौलाएको भन्दै सरोकारवालाले ध्यान दिनुपर्ने बताए । पत्रकार अरुण ज्ञवालीले चाडपर्वले समाजमा खुसीयाली निम्ताउने हुदां दशैले सबैमा हर्ष छाउने बताए ।

काशि नोबल एकाडेमिका सहायक प्राचार्य श्रीबहादुर रायमाझीले चार्डपर्व सबैको लागी फलदायी हुने बताए भने सामुहिक विद्यालय परिवार रुपन्देहीका पुर्व अध्यक्ष गोकुल पोखरेलले चाड पर्वको बेला मिडीयाले सबै रमाइलोमा व्यस्त हुने हुदा प्रहरी र पत्रकार चनाखो भएर बस्नुपर्नेमा जोड दिए । लुम्बिनीखबर सन्चार गृहका प्रबन्धनिर्दैशक समेत रहेका पोखरेलले चाडपर्वको बेला बद्मासहरुको पनि विगविगी बढ्ने तर्फ संकेत गरे ।

कार्यक्रममा भैरहवा क्याम्पसका पुर्व प्रशासक तथा समाजसेवी बुद्धकुमार श्रेष्ठ, गोरख चौधरी लगायतले शुभकामना दिदैं चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने सुझाब दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित