बुधबार, १ कार्तिक २०७४
DainikNepal.com
बुधबार, १ कार्तिक २०७४

उद्गम स्थलमै माओवादीसँग भिड्न एमालेको यस्तो तयारी, रोल्पामा वर्षमान पुनको सामना गर्ने को ?

दैनिक नेपाल २०७४ असोज ७ गते १२:५८

रोल्पा, ७ असोज । मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि रोल्पाका राजनीतिक पार्टीहरुमा पनि उम्मेदवारहरुको चर्चा सुरु भएको छ । रोल्पामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिनिधिसभाका लागि नेकपा एमालेले पोलिटब्युरो सदस्य तथा सचेतक गोकुल प्रसाद घर्तीलाई अगाडी सार्ने स्रोतले बतायो । तर घर्ती बारे पार्टीभित्र आधिकारीक निर्णय भने भई नसकेको नेकपा एमाले प्रचार विभाग सदस्य जीवन डाँगीले बताए । उनी पार्टीभित्र बिद्यार्थीहरु माझ प्रभाबशाली नेता मानिन्छन । घर्ती अनेरास्वबियुका पुर्ब महासचिब समेत हुन ।

उसो त नेकपा माओबादी केन्द्रले नेता बर्षमान पुनलाई उम्मेदवार बनाउने बुझिएको छ । पुन माओबादीबाट उम्मेदवार बने, एमाले युबा नेता गोकुलसंग चुनाबी मैदानमा उत्रने छन ।

नेपाली कांग्रेसबाट राज्यमन्त्री अमरसिंह पुन वा नेबिसंघ पुर्ब महामन्त्री मनोजमणी आर्चाय मध्य एक उम्मेदवार बन्ने कांग्रेस स्रोतले बताएको छ ।

रोल्पा माओबादीको जन्मथलोका रुपमा चिनिन्छ । एमाले नेता घर्ती नै प्रतिनिधिसभाका लागि उम्मेदवार बने माओबादीलाई साख जोगाउने भने हम्मे हम्मे पर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित