आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

मलिना जोशी र आस्था राउतले अमेरिकामा प्रस्तुति दिने

दैनिक नेपाल २०७४ असोज ७ गते ९:०६

– विजय थापा

अमेरिका । अमेरिकामा रहेको थ्री ई इन्टरटेनमेन्टको आयोजनामा हुन् लागेको वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रममा पूर्व नेपाल सुन्दरी मलिना जोशी र गायिका आस्था राउतले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति गर्ने भएका छन् ।

अमेरिकाका नौ वटा शहर सिनसिनाटी, सेन्ट लुइस, एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर, ड्यालस, ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली, राउत र जोशीसहितको सांगीतिक टोलीले अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् ।

अमेरिका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजक भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह कार्यक्रमलाई कसरी सफल बनाउने विषयमा काम गरी रहेको बताएका छन् ।

वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा अक्टोबर ७, सेन्ट लुइसमा अक्टोबर ८, एट्लान्टा मा अक्टोबर १५, बोस्टनमा अक्टोबर १७, न्युयोर्कमा अक्टोबर २०, वाशिंगटन डिसीमा अक्टोबर २१, बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित