आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

चिलिमेको विद्युत् उत्पादन बन्द

दैनिक नेपाल २०७४ असोज ६ गते ११:३९

रसुवा, ६ असोज (रासस) ।  गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको र मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति आज बिहानै काठमाडौँबाट मर्मतका लागि हिँडिसकेको छ ।

विद्युत् अवरुद्ध हुँदा स्थानीय कार्यालय, सामाजिक संघसंस्था, विद्युतीय उपकरण सञ्चालन र स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित