बुधबार, १ कार्तिक २०७४
DainikNepal.com
बुधबार, १ कार्तिक २०७४

मिस टिन झापाको ग्राण्ड फिनाले असोज ९ गते

दैनिक नेपाल २०७४ असोज ६ गते ९:५८

झापा । वण्डेज इन्टरनेश्ननल मिस टिन झापा २०१७ को ग्राण्ड फिनाले आगामी असोज ९ गते दशैँको पञ्चमीका दिन हुने भएको छ ।

ग्राण्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको आयोजक ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रा.लि.ले जानकारी दिएको छ । झापाभरिका ३० जना प्रतियोगीले ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुति राख्ने कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

३० प्रतियोगितलाई १ महिना बन्दशत्रमा राखेर नेतृत्व, व्यक्तित्व तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिइएको छ । दोस्रो संस्करणको प्रतियोगिताको ग्राण्ड फिनालेलाई कम्पनीले यसअघि गर्दै आएको कार्यक्रमभन्दा फरक र व्यवस्थित बनाइएको छ ।

यस पटक फिनालेमा डिजिटल साउण्ड सिस्टमका साथै एलइडी राखिने प्रबन्ध निर्देशक पुडासैनीले जानकरी दिए । प्रतियोगिताको ग्राण्डफिनाले आदर्श व्यङक्वेटमा हुनेछ । ग्राण्डफिनालेबाट बिजयी हुने प्रतिस्पर्धीले ५० हजार नगदका साथ छात्रबृत्ति, फस्ट रनरअप र सेकेण्ड रनरअपले नगद सहित छात्रबृत्ति र बिभिन्न अवसर प्राप्त गर्ने छन् ।

प्रतिस्पर्धीको क्षमताको मूल्यांकन गर्न मिस नेपाल २००५ सुगारिका केसी र मिस्टर नेपाल २०११ आयुष्मान घिमिरे झापा आउने कार्यक्रम छ ।

 

प्रतिक्रिया
सम्बन्धित