सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

कुन पार्टीले कहाँ जिते ? यस्तो छ अहिलेसम्मको ताजा परिणाम

दैनिक नेपाल २०७४ असोज ५ गते २२:२८

काठमाडौं, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका जारी मतगणनामा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार, काँग्रेसले सबैभन्दा बढी १० स्थानीय तहमा जित हासिल गरेको छ । यसैगरी, दोस्रोमा रहेको राजपाले ८ स्थानीय तह जितेको छ । नेकपा एमाले, संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रले ५-५ स्थानीय तह जितेका छन् ।

नेपाल लोकतान्त्रिक फोरमले २ स्थानीय तह जितेको छ ।

कुन दलले कहाँ कहाँ जिते ?

कांग्रेसले जितेको स्थानीय तह

१. सिरहाको नवराजपुर गाउँपालिकामा
२. धनुषाको औरहीमा
३. सर्लाहीको धनकौल गाउँपालिका
४. धनुषाको जनकनन्दिनीमा
५. सप्तरीको विष्णुपुरमा
६. सप्तरीको बेल्ही चपेना गाउँपालिका
७. रौतहटको परोहामा
८.बाराको करैयामाईको
९. सप्तरीको बेल्ही-चपेना गाउँपालिका
१०. सर्लाहीको रामनगर

एमालेले जितेका स्थानीय तह
१. सप्तरी, सप्तकोशी नगरपालिका
२. पर्सा, पटेर्वा सुगौली गाउँपालिका
३. धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका
४. धनुषा, बटेश्वर गाउँपालिका
५. सिरहा, नरहा गाउँपालिका

संघीय समाजवादी फोरमले जितेका स्थानीय तह

१. सिरहा, विष्णुपुर गाउँपालिका
२. सिरहा, भगवानपुर गाउँपालिका
३. सर्लाही,पर्सा गाउँपालिका
४. महोत्तरी, सोनमा गाउँपालिका
५. पर्सा, विन्दवासिनी गाउँपालिका

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हा नगरपालिका
२. सिरहाको अर्नमा गाउँपालिका
३. पर्साको ठोरी गाउँपालिका
४.रौतहटको मौलापुर नगरपालिका
५. सिरहाको औरही  गाउँपालिका

राजपाले जितेका स्थानीय तह
१. सर्लाही, कौडेना गाउँपालिका
२. बारा, देवताल गाउँपालिका
३. सप्तरी, डाक्नेश्वरी नगरपालिका
४. महोत्तरी, महोत्तरी गाउँपालिका
५. पर्सा, कालिकामाई गाउँपालिका
६. सप्तरी, रुपनी गाउँपालिका
७. सर्लाही, ब्रम्हपुरी गाउँपालिका
८. धनुषा, हंसपुर नगरपालिका

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. सर्लाहीको विष्णु गाउँपालिका
२. रौतहटको ईशनाथ नगरपालिका

प्रतिक्रिया
सम्बन्धित