मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

नेकपा मालेलाई धक्का: अन्ततः केन्द्रीय नेताहरुले पार्टी छाडे

दैनिक नेपाल २०७४ असोज ५ गते १७:३०

परासी, ५ असोज । सीपी मैनाली नेतृत्वको नेकपा मालेका लुम्बिनी अञ्चल कार्यक्षेत्र रहेका प्रभावशाली केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी नेतृत्वको क्रियाकलापप्रति असन्तुष्टि जनाउदैँ केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरुले पार्टी छाडेको घोषणा गरेका हुन ।

नेकपा माले नवलपरासी, रुपन्देही, पाल्पा र गुल्मीका बहुसंख्यक कार्यकर्ताले बुटवलमा संयुक्त बैठक बसी पार्टी छाडेको नेताहरुद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

यसरी पार्टी परित्याग गर्नेमा नेकपा मालेका केन्द्रीय सदस्यहरु मनशोभा पाण्डे, पुरन केसी, प्रदेश सदस्यहरु मोहनसिंह राना, यमबहादुर शाही, केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला सचिव टिकानिधि गौतम, नवलपरासी जिल्ला अध्यक्ष डिलाराम पाण्डे, रुपन्देही सहसचिव भरत पराजुली, महिला संघ केन्द्रीय सदस्य गौरा केसी लगायतका पार्टी सदस्यहरुले एकैपटक पार्टी छाडेको बताएका हुन् ।

पार्टी नेतृत्व स्वच्छाचारी ढंगबाट चलेको, एकलौटी निर्णय प्रक्रियामा हिँडेको, सत्तामुखी भएको, गैरबामपन्थीसँग मिलेर बामपन्थीको विरोधी भएको लगायतका आरोप लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित