सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

वीरगञ्जमा यस्तो पनिः एक मतले ‘हारेका’ एमाले उम्मेदवार पुनः गणना गर्दा ११ मतले विजयी

दैनिक नेपाल २०७४ असोज ५ गते १७:२४

पर्सा, ५ असोज । प्रदेश नम्बर दुईको एकमात्र वीरगञ्ज महानगरपालिकामा मतगणनाका क्रममा ठूलो चलखेल भएको पाइएको छ ।

मेयरमा कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा भइरहेको वीरगञ्जको ३० नम्बर वडामा एक मतले पराजित भई पुनः गणना गर्दा एमाले उम्मेदवार ११ मतले विजयी भएपछि चलखेल भएको रहस्य बाहिरिएको हो ।

३० नम्बर वडामा बुधबार साँझ निर्वाचन अधिकारीले काँग्रेस उम्मेदवार अलि हुसेन देवानलाई १ मतले विजयी भएको घोषणा गरे । लगत्तै एमाले साँसदद्वय बिचारी यादव र राजकुमार गुप्ताले निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै विरोधमा उत्रिई पुनः गणनाको माग गरे । एमालेको मागपछि पुनःमतणना भयो । दोस्रोपटक गणना गर्दा वडा नम्बर ३० मा ४६६ मत प्राप्त गरेका एमाले उम्मेदवार अमानत मिया बिजयी भए । मियाले यसअघि १ मतले जितेका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अलि हुसेन देवानलाई ११ मतको अन्तरले हराए ।

यो घटनापछि एमालेले निर्वाचन कर्मचारीबाट ४५ वटा मतपत्र लुकाएर काँग्रेस उम्मेदवारलाई १ मतले विजयी घोषणा गरिएको आरोप लगाएको छ । र, निर्वाचन आयोगको निष्पक्षामाथि प्रश्न उठाएको छ ।

त्यस्तै, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र प्रहरी उपरीक्षक सुदिप गिरीले बिहीबार प्रमुख निर्वाचन अधिकृत बिष्णु पराजुलीलाई भेटेर निष्पक्ष मतगणनाका लागि ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित