मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

प्रदेश नम्बर दुईमा मन्त्रीकी पत्नी बनिन् पहिलो महिला मेयर

दैनिक नेपाल २०७४ असोज ५ गते १६:५०

रौतहट, ५ असोज । प्रदेश नम्बर दुईमा रौतहटबाट पहिलो महिला मेयर निर्वाचित भएकी छन् । यहाँको मौलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट रिनाकुमारी साह विजयी मेयर निर्वाचित भएकी हुन् ।

रिना प्रदेश नम्बर दुईको पहिलो महिला मेयर बन्न सफल भएकी छन् । रोचक कुरा त के भने उनी शेरबहादुर देउवा सरकारमा सहरी विकासमन्त्री प्रभु साहकी पत्नी हुन् ।

भर्खरै प्राप्त मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका राम एकवाल यादवलाई १४०४ मतको फराकिलो अन्तरले पराजित गर्दै रिना मेयरमा विजयी भइन् । रिनाले ३९१२ मत पाउँदा यादवले २२०८ मत पाए ।

उपमेयरमा पनि माओवादी केन्द्रकै गौरीशंकर प्रसाद विजयी भएका छन् । पत्नी प्रदेश नम्बर दुईको पहिलो महिला मेयर बन्न सफल भएपछि मन्त्री शाहले फोन गरेर रिनालाई सफल कार्यकालका लागि बधाइ दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित