मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

चुनावी नतिजालाई लिएर एमालेको आलोचना गर्नेहरुलाई रवीन्द्र अधिकारीले दिए सटिक जवाफ

दैनिक नेपाल २०७४ असोज ५ गते १४:०१

काठमाडौं, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईमा नेकपा एमालेका पक्षमा आएको नतिजालाई लिएर आलोचना गर्नेहरुलाई युवा नेता रवीन्द्र अधिकारीले सटिक जवाफ दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमालेले निर्वाचन परिणाम सहर्ष स्वीकार गर्ने स्पष्ट पारेका छन् । ‘जित हारभन्दा निर्वाचन सम्पन्न हुनु मुख्य कुरा हो,’ रवीन्द्रले भनेका छन् ।

‘मुखियापट्टी मुसहरनिया गाउँपालिका प्रमुखमा एमालेका मनोजकुमार यादव तथा उपाध्यक्षमा पनि एमालेकै मिरादेवी महतोको विजयी । हार्दिक बधाई’ भनी नेता अधिकारीले गरेको ट्वीटलाई रि ट्वीट गर्दै बारा जितपुरका प्रकाश नामक व्यक्तिले ‘वीरगञ्जको नतिजा सेयर गर्दा चै लाज नै लाग्छ होला हैन दाई ?’ भनी अलोचनात्मक प्रश्न गरेपछि नेता रवीन्द्र अधिकारीले सटिक जवाफ दिएका हुन् ।

प्रकाशको प्रश्नसहितको ट्वीटलाई रि ट्वीट गर्दै उनले भनेका छन्– ‘लाग्दैन । निर्वाचन परिणाम सहर्ष स्वीकार गर्दछौ । जित हार भन्दा निर्वाचन सम्पन्न हुनु मुख्य कुरा हो ।’

वीरगञ्ज महानगरपालिकामा जारी मतगणनामा एमाले चौथो स्थानमा हुँदा आलोचकले एमालेलाई उडाइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित