मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

मञ्जुको स्वरमा ‘दामी छ रेन्त’

दैनिक नेपाल २०७४ असोज ५ गते ९:४३

काठमाडौं । गायिका मञ्जु पौडेल नयाँ गीतका साथ देखा परेकी छिन् । हुन त मञ्जुको परिचय यतिले मात्र पुग्दैन । स्टेज क्वीनका रुपमा समेत परिचीत मञ्जु पौडेल स्टेज कार्यक्रम सञ्चालन गरेर आम दर्शक तथा श्रोतामा परिचीत छिन् ।

सञ्चारकर्मबाट यस पेशामा छिरेकी मञ्जु पौडेल दामी छ रेन्त… बोलको फरक शैलीको गीतबाट यतिखेर आएकी छिन् । गजलकारका रुपमा परिचीत मधु साश्रुले लेखेको गीत उनले गाएकी छन् ।

सफल संगीतकार सन्तोष श्रेष्ठले आफ्नो स्थापित शैलीबाट हटेर निकै आकर्षक रुपमा यो गीत तयार पारेका हुन् भने एरेञ्जर गोपाल रसाइलीले पनी फरक खालको एरेञ्ज यसमा गरेका छन् ।

गत बुधबार एक कार्यक्रमको आयोजना गरी गीत सार्बजनिकरण गरिएको छ । समारोहमा प्रमुख अतिथी शम्भुजित बाँसकोटाले ‘प्ले’ बोलेर गीत सार्बजनिकरण गरिएको हो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै संगीतकार शम्भुजीत बाँस्कोटाले गायिका, संगीतकार एवं गीतकार देखी गीतका सम्पुर्ण टीमलाई शुभकामना दीए । कार्यक्रमकी अतिथी कोमल वलीले सञ्चारकर्ममा राम्रो गर्दै आएकी मञ्जुको गायन यात्रा पनि उज्ज्वल भएको बताइन् ।

संगीतकार सन्तोष श्रेष्ठको आफू प्रशंशक भएको समेत उनले भनीन् । कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले गीतको तारीफ गर्दै शुभेच्छा व्यक्त गरे ।

त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले ‘गीत’ कसरी सिर्जीत भयो र कसरी राम्रो बन्न गयो भन्ने कुरा प्रष्ट्याएका थिए । निर्देशक कलाकार दीपाश्री निरौला, लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले गीतप्रति शुभेच्छा ब्यक्त गरे ।

छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न यस कार्यक्रममा सभापतिको आशनबाट बोल्दै शान्तिप्रियले गीतको प्रशंशा गरे । यो गीतले गायिका मञ्जु पौडेल र संगीतकार सन्तोष श्रेष्ठलाई नयां परिचय दीलाउने बताए । कार्यक्रममा गायिका मञ्जु पौडेलले राम्रो गीत गाउन पाएकोमा खुशी व्यक्त गरिन । साथै गीत बनाउन सहयोग पु¥याउनेलाई धन्यावाद समेत दिइन् ।

सार्बजनिकरण कार्यक्रममा गीतको म्यूजिक भिडियो देखाइएको थियो । गीतमा मञ्जु पौडेलकै छोरी स्नेहा पौडेललाई फिचरीङ गरिएको छ । स्नेहा गीतमा राम्रोसँग प्रस्तुत भएकी छिन् । भविश्यकी हिरोइनको संज्ञा समेत उनलाई दीइएको प्रजापतिले गरेका हुन् । गीतकार सम्पादक निशान घिमिरे हुन् भने छायंकार दुर्गा पौडेल हुन् ।

प्रतिक्रिया
सम्बन्धित