मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

सिरहामा एमालेकी रामकुमारी महतोको दुर्भाग्य, १ मतले माओवादीकी शियावती विजयी

दैनिक नेपाल २०७४ असोज ५ गते ९:१३

सिरहा, ५ असोज । सिरहाको अर्नमा गाउँपालिकामा रोमाञ्चक मतपरिणाम आएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकी रामकुमारी महतो मात्र एक मतले हारिन् । उनलाई माओवादी केन्द्रकी शियावती मुखियाले हराइन् ।

उपाध्यक्षमा माओवादीकी मुखियाको २ हजार २९९ मत आउँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी रामकुमारी महतोले २ हजार २९८ मत प्राप्त गरिन्।

गाउँपालिकाको अध्यक्षमा पनि झिनो मतले जित-हार भएको छ । माओवादी केन्द्रका ठकु महतो कोइरी अध्यक्षमा निर्वाचित भएका छन् । कोइरी २ हजार २३६ प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्देश्‍वर मण्डलले २ हजार २०९ मत प्राप्त गरे।

पाँचवटा वडा रहेको यस गाँउपालिकामा वडा १ र २ माओवादी केन्द्र, ३ संघीय समाजवादी फोरम, ४ एमाले र ५ मा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया
सम्बन्धित