मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

आन्दोलनमा फसेको मधेसमा छिर्ने एक्लो संगठन युवा संघ, अहिले चुनावमा यसरी जिताउँदैछ एमालेलाई

सन्तोष सिलवाल 'मोदनाथ' २०७४ भदौ ३० गते २०:०७

– सन्तोष सिलवाल ‘मोदनाथ’

प्रदेश नम्बर २ मा हुँदै गरेको स्थानीय तहको निर्वाचनको समय नजिकिदै छ । समय जति नजिकिदैछ निर्वाचनको गर्मागर्मी उतिकै बढेको प्रष्ट देखिन्छ । सबै पार्टी र पार्टीका नेतृत्वमा रहेका नेता तराईको निर्वाचनमा होमिएका छन् । सम्पूर्ण जनताको ध्यान प्रदेश नं २ को चुनावमा केन्द्रित छ । यस्तै मुलुककै दोस्रो ठूलो दल नेकपा एमालेले चुनावको लागि आफ्नो पार्टीको डेरा उतै बसाएको देखिन्छ । पार्टीको सबै भन्दा शक्तिशाली जन संगठन युवा संघ नेपालले आफ्नो केन्द्रीय हेडक्वार्टर नै प्रदेश नं २ मा सारेर बसेको छ ।

संविधान जारी हुँदा तराईका नेता भनौदाहरुले मधेसका इनोसेन्ट जनताहरुलाई ब्ल्याकमेल गरी भ्रम फिजाई रहेका बेला युवा संघ नेपाल एक मात्र संगठन थियो जुन तराईमा छिरी भ्रम चिर्न लागिपरेको थियो । भ्रम चिर्न केही हदसम्म सफल भयो । र, अहिले प्रमाणित हुने बेला आएको छ कि मधेसका जनता कस्को पक्षमा छन् ?

संविधान जारी हुँदा तराईका नेता भनौदाहरुले मधेसका इनोसेन्ट जनताहरुलाई ब्ल्याकमेल गरी भ्रम फिजाई रहेका बेला युवा संघ नेपाल एक मात्र संगठन थियो जुन तराईमा छिरी भ्रम चिर्न लागिपरेको थियो । त्यस बखत यत्रतत्र सर्वत्र हल्ला थियो कि नेकपा एमाले मधेसमा सकियो । कथित राष्ट्रघाति मधेस आन्दोलनको प्रकृति हेर्दा लाग्थ्यो मधेस भनेको मधेसवादी दल, मधेसवादी दल भनेको मधेस । तर जे देखिन्थ्यो त्यो थिएन । यसो भनिरहँदा भुपी शेरचनले भनेझैं ‘नेपाल हल्लै हल्लाको देश हो’ जनता हल्लाकै पछाडि लाग्छन् र हल्लाकै कारणले मधेसवादी पार्टी हावी हुन्छकी भन्ने डर पनि उतिकै थियो । त्यसैले मधेस भनेको मधेसवादी दलको मात्रै हैन् । मधेसमा नेकपा एमालेको पक्षमा जनलहर छ भनेर चिनाउनु र संविधान मधेसमैत्री छ, जनमैत्री छ भन्ने प्रमाणित गर्नु युवा संघको प्रमुख उदेश्य र जिम्मेवारी थियो ।

उसो त युवा संघ नेपालले भ्रम चिर्न केही हदसम्म सफल भयो । अहिले प्रमाणित हुने बेला आएको छ कि मधेसका जनता कस्को पक्षमा छन् । प्रमाणित गर्ने जिम्मा पनि तिनै संगठनमा छ । सबै दल आफूले प्रथम स्थान हासिल गर्ने ठोकुवा गरिरहेका छन् । बिगतमा मधेस अभियान पनि युवा संघल नै चलाएको र प्राकृतिक बिपत्ति चाहे त्यो आगलागी होस् वा बाढी युवा संघ नै अग्र भागमा रही पीडितलाई लाखौंको राहत वितरण गर्ने, ढलेका मनहरुलाई उठाउने, पीडितहरुका पक्षमा लाग्ने कोहि छ भनेर विश्वास दिलाउने, मनको घाउमा मल्हम लगाउने काम गरेकाले एमाले पहिलो शक्ति हो भनेर प्रमाणित गर्ने जिम्मेवारी र प्रमाणित गर्ने क्षमता पनि युवा संघमा नै भएको पुष्टि हुन्छ ।

बाढीबाट ग्रस्त हुँदा हप्तौं बसेर श्रमदान गर्न पछि नपरेको युवा संघ अहिले चुनावको माहोल नतात्दादेखि बाट प्रदेश नं २ मा मरिमेटेर लागि परिरहेको देखिन्छ । संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा उपाध्यक्षद्वय चन्द्र लामा, रमेश पौडेल महासचिव किरण पौडेल लगायत सचिवहरु, स्थायी कमिटी, सचिवालय सदस्य केन्द्रीय सदस्य सबैले आफ्नो कार्य क्षेत्र सम्हालिरहेका छन् । आफ्नो मातहतका कमिटीहरुलाई भरपुर परिचालन गरेका छन् । बिहानबाट रातको ९ बजेसम्म खट्ने गरेका छन् । संघका चुनावी कमान्ड सम्हालिरहेका पहारी भन्छन्– ‘यदि नेकपा एमालेले प्रमुख शक्ति प्रमाणित भयो भने मधेस समृद्धिको निम्ति यो हाम्रो अन्तिम लडाइ हुनेछ,’ उनी भन्छन्– ‘प्रमाणित गर्न हामी कुनै कसुर बाँकी राख्दैनौं, त्यसैले नेकपा एमालेले जित्छ सिंगो मधेसले समृद्धिको यात्रा तय गर्छ अनि जनता सचेत र शिक्षित हुनेछन् र के ठिक र के बेठीक छुट्याउन सक्नेछन्, त्यसपछि कसैको भ्रमको पछि लाग्ने छैनन् ।’

मासु भात र पैसाले त्यहाँका जनतालाई भेडाबाख्रा झैँ किन्ने कोसिस गरिरहेकाले यस प्रकारको अराजनीतिक गतिविधिबाट जनतालाई सजग गराउनु, भोट बदर हुनबाट जोगाउनको निम्ति भोट गर्ने तरिका जनतालाई सिकाउनु, एमालेले मधेसमा गरेका कामहरु जनता समक्ष लानु र एमाले नै मधेसमैत्री पार्टी हो भनेर जनतालाई विश्वास दिलाउन संघ लागि परेको राजीब पहारी बताउँछन् । पार्टीको केन्द्रीय कमिटी, जिल्ला कमिटी, स्थानीय कमिटी र नेताहरुसंग सहकार्य र सुझावमा आफूहरु लागेको संघका नेता बताउँछन् ।

यसरी संघको अहोरात्र खटाइले सिंगो पार्टी पंक्तिलाई टेवा पुग्ने काम भएको छ । यस चुनावमा पनि आशा छ, संघले आफ्नो उद्देश्य प्राप्ति गर्नेछ र गरोस् । प्रदेश नं २ मा नेकपा एमाले पहिलो अनि शक्तिशाली पार्टी बनोस् शुभकामना छ । र, युवा संघका केन्द्रीय नेता र सिङ्गो संगठनको भुमिका सदैब उल्लेखनीय देखिने गरेको छ । चाहे त्यो आन्दोलन होस, चाहे कुनै अभियान, चाहे चुनाव । यस खाले संगठनको भुमिकाले संगठनको एक कार्यकर्तालाई संगठनमा लाग्नुको छुट्टै गर्व हुन्छ र अझ सक्रिय भएर संगठनमा लाग्नको निम्ति उर्जा मिल्छ । लाखौं युवाहरु संगठनमा लाग्न प्रेरित हुन्छन् । यसखाले भुमिकाको लागि हार्दिक धन्यवाद युवा संघ नेपाललाई ।

जय युवा संघ, जय नेपाल ।

प्रतिक्रिया
सम्बन्धित