मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

मधेसमा नाँच्दै एमालेका लागि भोट माग्दै शान्ता चौधरी (हेर्नुस् भिडियो)

दैनिक नेपाल २०७४ भदौ २९ गते १३:५५

बारा, २८ भदौ । प्रदेश नम्बर दुईमा असोज २ हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई जिताउन शान्ता चौधरी मधेस झरेकी छन् । उनले बुधबार बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको औराहीमा आयोजित चुनावी सभामा नाँचेर भोट मागिन् । कार्यक्रममा प्रमुख अतिथि रहेकी पूर्वसांसद एवं केन्द्रीय सदस्य शान्ता चौधरीले छमछमी नाँचेर एकछिन मतदातालाई मनोरञ्जन समेत दिइन् । नाँच्ने कार्यक्रम सकिएपछि उनले चुनावी सभालाई सम्बोधन गरेकी थिइन् ।

हेर्नुस् भिडियोः

भिडियोः लोकान्तरबाट

प्रतिक्रिया
सम्बन्धित