शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

श्रीलंकन प्रधानन्यायाधीशद्वारा चन्द्रागिरि केबलकारको भ्रमण (फोटो फिचर)

दैनिक नेपाल २०७४ भदौ ४ गते १३:४०

काठमाडौं, ४ भदौ । श्रीलंका सर्वोच्च अदालतका प्रधान्यायधिश प्रियासाथ डेपले आज चन्द्रागिरिको भ्रमण गर्नुभएको छ ।

भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गर्नुभयो । अनौपचारिक भ्रमणका लागि नेपाल आएका प्रियासाथलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

डेपले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिदैँ आफूलाई स्वच्छ र सुन्दर ठाँउमा आउन पाउँदा धेरै खुशी भएको तथा श्रीलंकामा पनि यस्तै किसिमको पर्यटकीय स्थलको सम्भावना रहेको बताउनुभयो । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिनुभयो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित