शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

ठूलो दुर्घटनाबाट जोगिए डा. लोहनी

दैनिक नेपाल २०७४ भदौ ३ गते २३:०७

काठमाडौँ, ३ भदौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी आज घाइते हुनु भएको छ ।

नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उहाँको सवारी साधनलाई चावहिलमा भाडाको ट्रकले पछाडिबाट ठक्कर दिएको पार्टीका प्रचार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

अध्यक्ष लोहनीले घुँडामा चोट लागेका कारण धुम्रबाराहीस्थित निवासमा आराम गर्नुभएको छ । प्रहरीले उहाँ सवार कारलाई ठक्कर दिने ट्रक नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित