सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

बबई नदीमा पानीको बहाब बढ्यो, आसपासको क्षेत्रमा खतरा

दैनिक नेपाल २०७४ साउन २८ गते १६:५०

– सुदीप अधिकारी

बर्दिया, २८ साउन । अबिरल वर्षाका कारण बबई नदीमा बाढीको खतरा बढेको छ । नदीमा पानीको सतहले खतराको संकेत नाघेको छ ।

नदीमा पानीको सतह बढेर खतराको संकेतभन्दामाथी पुगेकाले बबई नदी किनारका बासिन्दा डराएका छन् । जिल्ला दैविक प्रकोप उद्धार समितिले सर्तक भएर नआत्तीएर सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

बबई नदीको पानीको सतह मापन केन्द्र चेपाङ्गमा बिहान ६ बजे नदीको सतह ७ दशमलव ११ मिटर पुगेको थियो । यो अझै बढ्दै गएको बताइएको छ ।

जिल्ला दैविक प्रकोप उद्धार समितिका अनुसार विहान १० बजेर २० मिनेटमा बबई नदीको पानीको सतह ७ दशमलव ४२ मिटर पुगेको बताइएको छ । ६ दशमलव १ भन्दा बढी भएमा बबई नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ ।

कर्णाली नदीमा पनि अहिले पानीको सतह ४ दशमलव ९७ मिटर पुगेको छ । कर्णाली नदीमा पानीको सतह बढीरहेको छ ।

१० दशमलव ८० भन्दा बढी भएमा कर्णाली नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ । यस्तै ओराही खोला र मान खोलामा पनि बाढी आएको छ । ओराही खोलामा पनि बाढी आउँदा बर्दिया निकुञ्ज आवतजावत बन्द छ ।

बबई नदी र कर्णाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित