बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

सिरहामा वर्षातको पानी र कमला नदीले जताततै डुबान (तस्बिरसहित)

दैनिक नेपाल २०७४ साउन २८ गते ११:२५

– सन्तोष यादब

सिरहा, २८ साउन । सिरहाको लहान नगरपालिका १ स्थित मुसहर बस्तीमा बर्षाको पानी पसेपछि अस्तव्यस्त बनेको छ । सुकुम्बासी मुसहरहरुले नहरको बाँधमा घर बनाएर बसेका थिए । बर्षाको पानी बग्ने उचित व्यवस्थापन नहुँदा बाँधमा पानी जमेको थियो ।

पानी बढ्दै गएपछि बाँधमा रहेका दर्जनौं घर डुबानमा परेर भत्केका छन् भने दर्जनौं घर भएर अहिले पानी बगिरहेको छ । उनीहरुको घरमा राखेका धान, चालम, गुहुँ र अन्य समानहरु समेत पानीमा डुबेको छ ।

कतिपयको घरभित्र रहेका समानहरु समेत पानीले बगाएको स्थानीयले बताएका छन् । घर भत्काएपछि मुसहरु समुदायको बिचल्ली भएको छ । घरमा पानी पसेपछि खाना समेत पकाउने अवस्था छैन् । जसको घर भत्केको छ उनीहरु झन समस्यामा परेका छन् । यसरी बिजोग भएपनि स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छैन् । अहिलेसम्म प्रहरी समेत त्यहाँ पुग्न सकेका छैन् ।

यस्तै कमला नदीमा आएको बाढी पनि सिरहाको सारश्वर गाउँ पसेको छ । सारश्वरमा करिब सयौं घर डुबानमा परेको सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । उनले भने– सिरहा नगरपालिका पनि डुब्न लागेको छ । लगातारको बर्षाले जताततै डुबानमा परिरहेका छन् ।’

 

प्रतिक्रिया
सम्बन्धित