बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

राप्ती सोनारीमा घर भत्किँदा चार जना पुरिए

दैनिक नेपाल २०७४ साउन २८ गते ११:०५

फाइल तस्बिर

– क्षेत्रनाथ देबकोटा

बाँके, २८ साउन । राप्ती नदीमा आएको बाढीका कारण राप्ती सोनारी गाउँपालिका ४ वैजापुरमा एक घर भत्किँदा ४ जना पुरिएका छन् ।

स्थानीय कमीलाल थारुको घर भत्किँदा उनकी श्रीमती र तीन छोराछोरी पुरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी कृष्णबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार घरले थिचिएको अवस्थामा तीन बालबालिकाको शव भेटिएको छ । बालबालिकाकी आमाको अवस्था अझै अज्ञात छ । मृतक र वेपत्ताको सनाखत हुन सकेको छैन ।

मृत्यु हुनेहरू १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुम्मीता थारुको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तामाङले जानकारी दिनुभयो ।

सोही गाउँमा एक पुरुषको शव फेला परेको छ । उनको पनि पहिचान हुन बाँकी रहेको एसपी तामाङले बताउनुभयो ।

अविरल वर्षाका कारण बाँके जिल्लाका सर्सासर्री, धामपुर, ट्रेपरी, राप्ती सोनारीपारी र डुढवा र नरैनापुर गाउँपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अगैयादेखि चार किलोमिटर पश्चिममा कल्भर्ट बगाउँदा यातायात ठप्प बनेको छ ।

बाँकैकै खजुरा गाउँपालिकाको पेडारी नालाको बाढी राजमार्ग भएर बगेपछि गाडी चल्न सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित