सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

कर्मचारी र प्रहरीको मिलोमतोमा भैरहवा भन्सारमा राजस्व छली

दैनिक नेपाल २०७४ साउन २८ गते ८:०४

– नरेश के.सी.

भैरहवा, २८ साउन । कर्मचारी, एजेण्ट र प्रहरीको मिलोमतोमा भैरहवा भन्सारबाट दैनिक लाखौंको राजस्व छली हुने गरेको तथ्य बाहिर आएको छ ।

बिहीवार राति भन्सारको गेटबाट बाहिरिएको केही क्षणमा ना ४ ख ४१२६ नम्बरको ट्रक पुनः नियन्त्रणमा आयो । मालबाहक सो ट्रक भन्सारकै कर्मचारीले नियन्त्रणमा लिएका थिए । ट्रक नक्कली प्रज्ञापनपत्रको आधारमा वाहिरिएको थाहा पाएपछि कार्यलयमै कार्यरत कर्मचारीले सो ट्रक फर्र्काएका थिए । बाहिरी सकेको ट्रक पुनः फर्काइएपछि भन्सारका कर्मचारीभित्र ठूलै हल्ली खल्ली नै मच्चियो ।

भैरहवा भन्सार कार्यालयले साउन २६ गते प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार राजस्व असुली गरी छोडेको ट्रकको प्रज्ञापन पत्रको नक्कल गरी अर्को ट्रक ना ४ ख ४१२६ पनि छोडिए पछि कुरा वाहिर आएको हो ।

भंसार गरी छोडेको ना६ख ५६३५ नम्बरको ट्रकले गरेको भन्सार महशुल तिरेको प्रज्ञापनपत्रलाई नक्कली बनाएर ना४ख ४१२६ नम्बरको ट्रक पनि छोडिएको थियो । पछि सुराकीका आधारमा त्यहीँ कार्यरत कर्मचारीले नियन्त्रणमा लिएका हुन् ।

मनकामना ईन्टरनेशनलले आयात गरेको उक्त कपडा दाहाल कमिशन एजेण्टमार्फत भन्सार भएको थियो । प्रज्ञापनपत्रबाट भैरहवा भन्सार कार्यालयले ४ लाख ३७ हजार ७ सय ६१ रुपैया र ३ लाख ६२ हजार ९ सय ४३ रुपैया भन्सार महशुल पनि असुली गरेको रेर्कड देखिन्छ । ट्रक नम्बर फरक पारिए पनि समान र राजस्वमा भने कुनै फेर बदल देखिदैन ।

भैरहवा भन्सार कार्यालयले ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको कपडाको भन्सार गरी सोही ट्रकको प्रज्ञापन पत्रबाट ना४ख ४१२६ नम्बरको ट्रक पनि पास गर्न खोजेपछि घटना बाहिर आएको हो । बाहिर गई सकेको ट्रक राति साढे ८ बजे फेरि भन्सारमै फर्काएर ल्याइएको थियो ।

भैरहवा भन्सार कार्यालयका माथिल्ला तहका कर्मचारीहरुको मिलेमतोमै यस्तो कारोबार हुने गरेको स्थानीय व्यापारीहरूले बताउने गरेका छन् । दुबै गाडीको प्रज्ञापनपत्रमा भन्सार अधिकृत मनबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित