बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

सबैसँग समन्वय गरेर शान्ति सुरक्षा कायम गर्छु : एसपी खनाल

दैनिक नेपाल २०७४ साउन २८ गते ७:५५

हेटौँडा, १८ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विकाशराज खनालले सबैको समन्वयमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न गर्ने बताउनु भएको छ । उहाँले त्यसका लागि सबैसँग आफू समन्वय गर्न तयार रहेको बताउनुभयो ।

भरखरै सुरुवा भएर आउनु भएका एसपी खनालले शुक्रबार स्थानीय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा प्रहरी एक्लैबाट समाजमा शान्ति सुरक्षा असम्भव रहेको बताउनुभयो । उहाँले त्यसका लागि सबैको समन्वय र सहकार्यको आवश्यक रने उल्लेख गर्नुभयो ।

आफू आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने बताउँनु भएका एसपी खनालले भन्नुभयो, ‘मलाई मकवानपुरबासीले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’

लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतका जिल्लाका प्रमुख समस्या समाधानका लागि सरोकारवाला निकायहरूसँग छलफल गरी अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक बामदेव गौतम, प्रहरी निरीक्षक मधु थापा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, कौशल पाण्डे, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि हुमागाइँसहित जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित