बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

उपत्यकाका निर्माण व्यवसायीलाई लाग्यो चुनाव, साधारण सभा तथा अधिवेशन सुरु

दैनिक नेपाल २०७४ साउन २७ गते १९:५५

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १५ औं साधारण सभा तथा आठौं अधिवेशन आजबाट सुरु भएको छ ।

काठमाडौंको बानेश्वर ब्यांकेटमा आजदेखि सुरु भएको साधारण सभाको उदघाटन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले गरे । उनले निर्माण व्यवसायी गुटमा होइन् एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

साउन ३० गतेसम्म चल्ने साधारण सभाको उद्घाटन सत्रमा पूर्व अध्यक्ष यक्षध्वज कार्की, जयराम लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । भने वरिष्ठ उपाध्यक्ष, वर्तमान कार्यसमितिका पदाधिकारी तथा उपत्यकाभरीका पदाधिकारीलाई काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले स्वागत गरेका थिए ।

नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

यसैबीच आजदेखि सुरु भएको साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । आगामी नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । यसका लागि साउन ३० गते मतदान हुँदैछ । यद्यपी सर्वसम्मतको प्रयास जारी रहेको कार्यसमिति सदस्य भक्तबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार आगामी नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष बालकृष्ण थापा र पूर्वमहासचिव रामशरण बुढाथोकी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारी दर्ता भइनसके पनि दुबै प्यानलले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन् ।

वर्तमान अध्यक्ष थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद गौतम, प्रथम उपाध्यक्षमा कविन्द्र महर्जन, द्वितीय उपाध्यक्षमा बासु खड्का, महासचिवमा शान्तकुमार श्रेष्ठ (सन्तु), सचिवमा पञ्चबहादुर तामाङ, कोषाध्यक्षमा लक्ष्मण थपलिया (दुर्लभ) र सहकोषाध्यक्षमा रमेश महर्जन प्रत्यासी रहेका छन् ।

यसैगरी, बुढाथोकीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सागर लुइँटेल, प्रथम उपाध्यक्षमा पुष्मकल न्यौपाने, द्वितीय उपाध्यक्षमा इन्दिरा बुढाथोकी, महासचिवमा सूर्यबहादुर तामाङ, सचिवमा इश्वरराज पन्त, कोषाध्यक्षमामा तिलकबहादुर लामा र सहकोषाध्यक्षमा मनोज श्रेष्ठ प्रत्यासी रहेका छन् ।

मतदानको मिति नजिकिएपछि दुबै प्यानलले छलफललाई तीब्रता दिएका छन्। दुबै प्यानलले आ–आफ्नो जितको दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित