बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

कांग्रेसीहरुमा एकैदिन टिकेन राजीनामाको आक्रोश 

दैनिक नेपाल २०७४ साउन २७ गते १८:५७

बाजुरा, २७ साउन । पार्टी नेतृत्वले एकलौटी गरेको आरोप सहित असन्तुष्ट बनेका काँग्रेसका केही नेताहरुले राजीनामा फिर्ता लिएका छन् । आक्रोशमा राजीनामा दिएका पूर्व सचिव धनराज पण्डित सहीतका १८ जना नेताहरुले २४ घण्टा नबित्दै राजीनामा फिर्ता लिएका हुन् ।

उनीहरुले जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने उम्मेदवार छनोटमा एकलौटी र मनोमानी गरेको भन्दै पत्रकार सम्मेलन गरेर सामुहीक राजीनामा दिएका थिए । राजीनामा दिएको पछिल्लो दिन पुनः पत्रकार सम्मेलन मार्फत फिर्ता लिएको घोषणा गरेका छन् । पार्टी नेतृत्वलले आगामी दिनमा समन्वय र सहकार्य गर्दै जाने बचन दिएपछि पदबाट दिएको राजीनामा फिर्ता लिएको जिल्ला कार्य समिति सदस्य एवं पूर्व सचिव धनराज पण्डितले बताए । पार्टी भित्र नेतृत्वको दादागिरी निरङ्कुशता हाबी भएको भन्दै राजीनामा दिएका थिए ।

राजीनामा आक्रोश थियो, कि नाटक भन्ने पत्रकारको प्रश्नमा पण्डितले आक्रोश भएको बताए । उनले पार्टीको हितका लागि राजीनामा फिर्ता लिएको बताए । पार्टी प्रवक्ता नरबहादुर सिंहले भने सामान्य बुझाईमा स्पष्टता नहुँदा आक्रोश मात्र आएको बताए ।  पार्टी नेतृत्व र जिल्ला कार्य समितिको बैठकमा भएको छलफलपछि दुबै पक्षले कमजोरी सच्याएर जाने सहमति सहित राजीनामा फिर्ता लिएको पण्डितको भनाई छ ।

एकै दिनका लागि भएपछि जिल्ला कार्य समिति सदस्य संगठन विभाग प्रमुख पूर्व एवं पूर्व सचिव धनराज पण्डित, जिल्ला कार्य समिति सदस्य जयबहादुर थापा, उमा रोकाया, वीरबहादुर विक, गोविन्द्र सिंह, बेलु साउँद, नन्द बहादुर थापा, मंगल विष्ट, महाधिवेशन प्रतिनिधि राधिका सिंह लगायतले राजीनामा दिएका थिए ।

उनीहरुले पार्टी केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे, सभापति कविराज पण्डित, पूर्व सभापति मनबहादुर रावल, काँग्रेस महासमिति सदस्य पूर्व सहायक मन्त्री जनकराज गिरी, सांसद देवराज जोशी र रामसिंह रावलको गतिविधि कार्यकर्ता र पार्टी अनुकल नभएको आरोप समेत लगाएका थिए । जिल्ला कार्य समितिमा नौ जना मनोनित  नेपाली काँग्रेस जिल्ला कार्य समितिले ९ जनालाई आमन्त्रीत सदस्यको रुपमा मनोनीत गरेको छ ।

जिल्ला कार्य समितिको बैठकले पार्टीको भूमिकामा नरहेका र विशिष्ठ योगदान पुर्याएका नौ जनालाई आमन्त्रीत जिल्ला कार्य समितिको सदस्यमा मनोनित गरेको हो ।मनोनित हुनेमा विश्वराज पण्डित, मानबहादुर भण्डारी, विष्णुभक्त रेग्मी, भानुभक्त पाध्याय, पूर्ण जैशी, मंगलबहादुर मल्ल, शिवे नेपाली, विरु नाथ, धनबहादुर बुढा रहेका छन् ।

बैठकका निर्णय काँग्रेसले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । बैठकले राजीनामा फिर्ता लिएकोमा असन्तुष्ट पक्षका नेताहरुलाई धन्यवाद सहीत सार्वजनिक मिडियामा अभिव्यक्त भएका आक्रोशका शब्दहरु, पार्टी हित विरुद्ध भएकोले आजका दिनबाट नगर्न र नगराउन सहमति भएको निर्णय गरिएको छ ।

सहमति सहीत दिएकापार्टी प्रवक्ता नरबहादुर सिंहले आयोजना गर्नु भएको सम्मेलन पार्टी कार्यालयमा गरिएको थियो । पत्रकार सम्मेलनमा पार्टी जिल्ला कार्य समिति सदस्य तथा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित