सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

एमाले दाङको विवादमा हेडक्वाटरको हस्तक्षेप, इन्चार्जलाई कडा निर्देशन

दैनिक नेपाल २०७४ साउन २७ गते १८:५२

काठमाडौं, २७ साउन । नेकपा एमाले दाङमा जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गर्ने विषयमा जिल्ला अध्यक्ष र इञ्चार्ज विच विवाद जारी रहेपछि अन्तत् एमालेको हेडक्वाटरवार्ट हस्तक्षेप भएको छ ।

एमाले हेडक्वाटरवाट पछिल्लो एमाले र काग्रेसविच भएको तालमेलको विषयलाई लिएर केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज मेटमणि चौधरीलाई केन्द्रमा आफै हाजिर हुन निर्देशन दिएको हो ।

यससँगै एमाले दाङका अध्यक्ष टिकाराम खड्काले समन्वय समितिको निर्वाचनमा पुरानो एमाले र माओवादीबीच भएको सहमति कार्यान्वयन गर्न बाटो खोलेको बताउनु भयो ।

उहाँले एमालेको केन्द्रिय कार्यालयले एमाले दाङलाई पत्र पठाएर तालमेलको विषयलाई लिएर जिल्लामा उत्पन्न विवाद समाधान गर्दै पछिल्लो एमाले र काग्रेसबीच भएको सहमतिलाई लिएर एमालेले जिल्ला इञ्चार्ज चौधरी सबै जानकारीसहित केन्द्रीय पार्टि कार्यालयमा आफै उपस्थित भएर जानकारी दिन आग्रह गर्नुभयो ।

‘विचरा केही नेताको भाउतामा लागेर इञ्चार्ज विवादमा फस्नु भयो, हावादारी निर्णयका पछाडि लागेर हुन्छ, हामीले यसअघि नै इञ्चार्जसहीत पदाधिकारी बसेर नै माओवादिसंग तालमेल गर्ने भनेर टुङ्ग्याएका थियौ–अध्यक्ष खड्काले भने–‘पहिले समाधान भइसकेको विषयलाई फेरी अनावश्यक विवादमा ल्याएर काग्रेसका साथिहरुले जिल्ला अध्यक्ष नै नभएको वार्तामा इञ्चार्ज र पार्टिका केही नेताहरु बसेर गरेको निर्णयलाई आधिकारीक मान्नु नै गलत हो ।’

उहाँले पार्टिको केन्द्रिय कमिटिले जिल्ला पार्टिलाई पत्र लेखेर पछिल्लो सहमतिका वारेमा सबै जानकारीसहीत पार्टि कार्यालय आफै उपस्थित हुन जिल्ला इञ्चार्ज मेटमणि चौधरीलाई आग्रह गरीसकेको भन्दै हावादारी निर्णयका पछाडि लागेर इञ्चार्ज चौधरीले दुख पाएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित