बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

बिमस्टेक प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

दैनिक नेपाल २०७४ साउन २७ गते १८:४०

काठमाडौं, २७ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाण्डौ आएका विशिष्ट व्यक्तिहरुको समूहले आज रिट्रीटको सिलशिलामा चन्द्रागिरि केबलकारको भ्रमण गर्नुभएको छ ।

अनौपचारिक भ्रमणको क्रममा रहेको समुहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा, भुट्नीज विदेश मन्त्री दाम्चो दोर्जी र म्यानमारका विदेश राज्यमन्त्री च्वेँ टेँले नेतृत्व गर्नुभएको थियो । भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीज्यूहरुले चन्द्रागिरि आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव गरेको प्रतिक्रिया दिदै आगामी दिनमा सपरिवार भ्रमण गर्ने इच्छा रहेको बताउनुभयो ।

चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री महराले चन्द्रागिरि हिल्स लिमिटेडले नेपालको पर्यटकीय विकासमा ठूलो योगदान पु-याएको बताउनुभयो । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिनुभयो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित