सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

नमुना विद्यालयको अवस्थाः विद्यार्थीहरुको पढाई प्रतिक्षालय र रुखमुनी

दैनिक नेपाल २०७४ साउन २७ गते १८:२४

– अमरराज पुन

रुकुम, २७ साउन । शैक्षिक गुणस्तरका आधारमा नमुना विद्यालयको रुपमा घोषित रुकुमको एक विद्यालयका विद्यार्थीहरु लामो समय देखी प्रतिक्षालय, टहरा र रुखमुनी बसेर पढ्न बाध्य भएका छन् ।

मुसिकोट नगरपालिका वडा नंं. २ समिबोटमा रहेको महाकाली माध्यमिक विद्यालयमा प्रयाप्त भवन नहुँदा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको छ । सदरमुकाम मुसिकोटदेखी ४ किलोमिटरको दुरीमा पर्ने उक्त विद्यालयलाई जिल्ला शिक्षा कार्यालय रुकुमले २०७२ सालमा नमुना विद्यालयको रुपमा घोषणा गरेको थियो । तर, घोषणा केवल घोषणामा मात्र सिमित भएकाले विद्यालय हाल जिर्ण अवस्थामा रहेको छ । नर्सरी देखी कक्षा १० सम्मको पढाई हुँदै आईरहेको विद्यालयमा विद्यार्थीहरुले दिनहुँ प्रतिक्षालय र रुखमुनी बसेर पढ्न बाध्य हुँदा आफुहरुको पढाईमा समस्या देखिएको बताएका छन् ।

अप्रर्याप्त भवन र कक्षाकोठा अभावका कारण खुल्ला आकाशमूनी विद्यार्थीलाई पढाउनुपर्ने बाध्यताले विद्यालयका शिक्षकहरु समेत हैरान भईसकेका छन् । बाहिरी वातावरणमा विद्यार्थीहरुलाई पढाउँनुपर्दा विद्यार्थीको ध्यान केन्द्रित गराउन नसकेको र थप बर्षाको पानीले समेत पढाईमा प्रभाव पार्ने गरेको शिक्षकहरु बताउँछन् ।

२०४६ सालमा स्थापना भई २२ जनाको संख्यामा कक्षा सुरु गरिएको उक्त विद्यालयमा हाल ३ सय २८ जना विद्यार्थीहरु अध्ययनरत छन् । ४ वटा भवन रहेको विद्यालयका २ वटा भवन जिर्ण बनेका छन् । त्यस्तै २ वटा भवनका कक्षाकोठा अहिले प्रयोगमा रहेका छन् । केही महिना अघिबाट निर्माण सुरु गरिएको २ वटा भवन बन्ने क्रममा छन् । तर ती दुईवटा भवन निर्माण भएर सकिएपछि पनि अप्रयाप्त हुने बताईएको छ । अर्कोतर्फ बन्दै गरेको एउटा भवन भने विद्यालय माथिबाट आएको पहिरो सहितको ढुंगाले भत्किएको छ ।

प्रतिक्रिया
सम्बन्धित