सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

सेयर बजारमा बागलुङका लगानीकर्ता बढ्दै, ३ महिनामा एघार करोडको कारोबार

दैनिक नेपाल २०७४ साउन २७ गते १८:०५

– भुपेन्द्र केसी

बागलुङ, २७ साउन । बागलुङ पछिल्लो समय सेयर बजारमा लगानीकर्ता वृद्धि हुन थालेको छ ।

नेपाल स्टक एक्सेन्जमा ब्रोकर नम्बर ५९ दर्ता भएको दिव्या सेक्रोटी एण्ट स्टक हाउस प्रा.लि.ले बागलुङ बजारमा यही वर्षको वैशाख बाट शाखा कार्यलय खोलेपछी हाल सम्म ११ करोडको सेयर कारोबार गरेको शाखा प्रमुख कुमार सर्माले बताए । यस शाखा कार्यलय बाट ३०० जनाले सेयर कारोबार खाता खोलेको, १ सय ५० जनाले सेयर किनवेच गरेको र २ सय ओटा डिम्याट खाता खोलेको शाखा प्रमुख शर्माले बताए ।

सहकारी र बैंकमा पैसा जम्मा गर्नेहरु अहिले बढी सेयर बजारमा कारोबार गर्न आउन थालेका छन । दैनिक रुपमा करिब ३० जना सेयर कारोबार गर्ने गरेका छन । सर्मा भन्छन हामीले सेकन्डरी मार्केट बाट सेयर किनबेच गर्ने हुदा बढी जोखिम पनि हुन सक्ने भएकाले सेयर लगनीकर्ताले धेरै ध्यान दिनुपर्ने बताए । अहिले दैनिक ३० लाख सेयर कारोबार हुने गर्छ । सवैभन्दा बढी सुरक्षित र जोखिम कम हुने भएकाले बैकं सेयर किनबेच हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित