सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

नायिका ऋचालाई स्वाइन फ्लू

दैनिक नेपाल २०७४ साउन २७ गते १०:४५

मुम्बई । आमिर खान र उनकी श्रीमती किरण रावलाई स्वाइन फ्लू भएको खबर सेलाउन नपाउँदै बलिउडकी अर्की नायिका पनि यो रोगको शिकार भएकी छिन् । नायिका ऋचा चड्डालाई स्वाइन फ्लू भएको छ ।

ऋचा चाँडै नै नयाँ फिल्म ‘फुकरे रिटर्नस’ मा देखिने छिन् । सोमबार उनको फिल्मको ट्रेलरको प्रिभ्यू हुनु थियो तर, स्वाइन फ्लूका कारण ऋचा कार्यक्रममा पुग्न सकिनन् ।

ऋचाले सोसल मिडियामा मास्क लगाएको एउटा फोटो पोष्ट गरेकी छिन् । चाँडै ठीक हुनका लागि डाक्टरले उनलाई मास्क लगाउन सल्लाह दिएको बताइएको छ । भारतको महाराष्ट्रमा स्वाइन फ्लू पूर्ण रुपमा फैलिएको छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित