बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

इनासको कार्यक्रममा भाग लिन अञ्जु पन्त अमेरिकामा

दैनिक नेपाल २०७४ साउन २७ गते ७:३२

– विजय थापा

अमेरिका । गायिका अन्जु पन्त अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा ुन लागेको कार्यक्रममा सहभागी हुन अमेरिका आइपुगेकी छिन् ।

इनासको पहिलो प्रस्तुतिको लागि पन्तलाई बोलाएको हो । आगामी अगस्त १३ तारिख आइतबार हुने सो कार्यक्रममा पन्तको विशेष प्रस्तुति रहनेछ ।

गायिका पन्तले आफ्नो कार्यक्रममा सहभागी हुने डीसी क्षेत्रका सबै नेपालीहरूलाई आग्रह पनि गरेकी छिन् ।

ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामा, ईनास अमेरिका भर्जिनिया शाखाका अध्यक्ष गोविन्ददाश श्रेष्ठ तथा रमेश मैनालीले पत्रकार सम्मेलनमा मन्तब्य राखेका थिए ।

इनासका सल्लाहकार तथा वरिष्ठ गायक मधु क्षेत्रीले पन्तको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित