बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

रसाइलीद्वारा एनआरएनए आइसीसी सदस्यमा उम्मेदवारी घोषणा

दैनिक नेपाल २०७४ साउन २७ गते ७:५२

दोहा । आसन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन् ।

सचिवालय पदमा रही महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए ।

म्याग्दी जिल्लावासीहरूको साझा संस्था मोना कतारको सस्थापक अध्यक्ष समेत रहेका रसाइली कतारमा विश्वकर्मा समाजको सस्थापक सल्लाकार, दलित एकता संजालका वरिष्ठ सल्लाकार र साझा मंच कतारको सल्लहाकार लगायत विभिन्न सामाजिक संघसस्थाहरुमा आबद्ध छन् ।

झन्डै २ दशकदेखि कतारमा रोजगारी गर्दै आएका प्रेम रसाइली कतारको प्रतिष्ठित स्थानीय कम्पनी जनरल सुपरभाइजरको रुपमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित