सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

ठमेलमा ग्लोबल आइएमई बैंकको नयाँ एटिएम सेवा

दैनिक नेपाल २०७४ साउन २७ गते ७:३७

काठमाडौं, २७ साउन । ग्लोबल आइएमई बैंकले काठमाडौंको पर्यटकीय नगरी ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ ।

ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्तीस्थित होटल गरुडामा रहेको एटिएम लाउञ्जबाट आफ्नो एटिएम सेवा सुरु गरेको हो ।

नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ११२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ११६ वटा एटिएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित