बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

जेसीआई सिद्धार्थद्वारा भैरहवामा ब्याडमिन्टन टुर्नामेन्ट शुरु

दैनिक नेपाल २०७४ साउन २६ गते १५:३१

– नरेश केसी

भैरहवा, २६ साउन । जेसीआई सिद्धार्थ नेपालको आयोजनामा भैरहवामा ब्याडमिन्टन टुर्नामेन्ट शुरु भएको छ ।

भैरहवा ब्याटमिन्टन क्लबको कर्भडहलमा विहीबार टुनामेन्टको एक समारोहकाबीच लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले उद्घाटन गरेका थिए ।

ए र वि ग्रुप गरी दुई समुहमा खेलाइएको खेल संयोजक जेसीआई सिद्धार्थका उपाध्यक्ष विकास नारायण श्रेष्ठले जानकारी दिए । ब्याडमिन्टन टुर्नामेन्टको ग्रुप ए मा महेन्द्र कुमार श्रेष्ठ र दिपक घिमिरे, हरिशचन्द्र श्रेष्ठ र अनिल अर्याल, दिपेन्द्रमान श्रेष्ठ र सुरज भण्डारी, गणेश क्षेत्री र कोषराज अधिकारी, कमल जिसी र बाबुराम पौडेल, दिपक शाहि र शुसील उप्रेती, मनोज भण्डारी र सन्जु थापा, देवेश गुरुंग र सुन्दर घिमिरे, रुपेश झा र रिषी पाण्डे, ज्ञानेन्द्र र कृष्ण घिमिरे, धिरज अधिकारी र टंक रामदाम, शिसीर गुरुंग र देवराज न्यौपानेबीच प्रतिसपर्धा भएको छ ।

इसैगरी ग्रुप वि मा पुर्ण बज्राचार्य र सुन्दर भण्डारी, जीवन थापा र शारदा बस्याल, जगन भुसाल र धुब्र लामगादे, दिपेन सापकोटा र रन्जु सिंह, अशोश क्षेत्री र मोहन थापा, पुर्ण श्रेष्ठ र सन्तोष, हिरा शाह र विकास गुरुंग, डार्विन र मनोहर श्रेष्ठ, इश्वर आचार्य र लेखनाथ भट्टराइ, अब्दुल वहाव र शैलेस पन्तबीच प्रतिसपर्धा भइरहेको छ ।

जेसीआई सिद्धार्थका अध्यक्ष सुमन शर्माको सभापतित्वमा भएको उद्घाटन सत्रमा भैरहवा ब्याडमिन्टन क्लबका संस्थापक अध्यक्ष धुव्र कुमार श्रेष्ठ, उपाध्यक्ष राम थापा, उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपाल, बालकोट जेसीजको अध्यक्ष निस्टा गिरी, जेसीआई सिद्धार्थको निवर्तमान अध्यक्ष लेखनाथ भट्टराई, पूर्व अध्यक्ष देवराज न्यौपाने, सन्जिव शर्मा रेग्मी, संगम न्यौपाने, जेसीआई सिद्धार्थ लेडीको अध्यक्ष मन्जु शर्मा,पुर्व अध्यक्षद्धय रचना क्षेत्री र देवी न्यौपाने लगायत जेसीजका सदस्य एवं ब्याडमिन्टन खेलाडी र दर्शकको उपस्थिति रहेको थियो ।

समुह ए र बि बाट छानिएका खेलाडीबीच सेमीफाइनल हुने र सेमीफाइनलमा छनौट भएकाबीच फाइनल मार्फत प्रथम द्धितीय छनौटगरी नगद र प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजक संस्था जेसीआइ सिद्धार्थका अध्यक्ष सुमन शर्माले जनाए ।

प्रतिक्रिया
सम्बन्धित