बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

सिर्जनाको स्वरमा ‘नाचेरै ल्याउने हो नम्बर’

दैनिक नेपाल २०७४ साउन २६ गते ९:५३

काठमाडौं । गायिका एवम् शब्द संकलक सिर्जना ‘विहरी’ थापाले आफ्नै स्वर तीज गीत ल्याएकी छिन् ।

विगत दुई वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी सिर्जनाले ‘नाचेरै ल्याउने हो नम्बर…’ बोलको तीज गीत ल्याएकी हुन् । उनलाई स्वरमा सवी थापाले दिएकी छिन् । तीज गीतको शब्द तथा लय सिर्जना आफै गरेकी हुन् ।

म्युजिक भिडियोलाई सिर्जनाले अमेरिकामा छायाँकन गरेकी हुन् । उनको तीज गीतको म्युजिक भिडियो युट्युबमा पनि हेर्न सकिने सिर्जनाले बताएकी छिन् ।

‘एउटा चिठी लेख्न मन लाछ…’, ‘चरीले गुड सारिसक्दा नी…’, ‘रुदै रुदै…’, ‘हेर न लालु मै म कति राम्री छु…’, ‘वनको काफल वनकै चरीलाई…’लगायत थुप्रै गीतमा स्वर दिएकी सिर्जनाले नेपाली गीतसंगीतमा ठूलो योगदान दिएकी छिन् ।

अमेरिकामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा पनि सिर्जनाले सहभागिता जनाउँदै आएकी छिन् । उनले ती कार्यक्रमहरूमा गाउने गरेकि छिन् ।

प्रतिक्रिया
सम्बन्धित